Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

BN° 016

July 22nd, 2010

कमरेड छवीको शवलाई साक्षी राखी मैले चाँही के गर्नुपर्ला ?

एक जनाले मस्का मारी मारी गफ लगाउन थाल्यो एमाले र उनकै बारेमा प्रसंशा ओइराउन थाल्यो । भात पसले पनि के कम उसले पनि हाँ मा हाँ मिलायो । अर्कोले पनि गुलिया कुरा शुरु गर् यो पसलेले खाना अगाडी सारी दियो । उनले के एक गास मुखमा हालेका थिए पछाडीबाट एउटा जल्लादले फलामे छडले उनको टाउको फुट्ने गरी बजायो । उनी त्यहीं ढले तर कथा यहीं रोकिएन । ति अपराधीहरुले उनका खुट्टा र हातहरु ध्ारिलो हतियारले छ्याक-छ्याक काटे । ऐया आथ्थो गर्ने मौका नै कहाँ रह्यो र ?! ति आतातायी जथ्थाले उनको छाती र पेट जहाँ तहीं छुरीले घोचे । तथानाम गाली गर्दै हाम्रो महान गौरवशाली पार्टीको विरोध गर्ने तैं हैनस् भन्न समेत चुकेनन् । क्षणभर मै उनको सम्पूर्ण शरीर क्षत विक्षत पारियो मेरो पार्टीको जस्तै रातो झण्डा बोक्ने र चीनका क्रान्ती नायक माओका नाममा आपुनो जथ्थालाई चिनाउन रुचाउने नेपालमा कि्रयाशिल एउटा अतिवादी समूहका जल्लादहरुको हातबाट उनले शहदात वरण गरे ।

एक जनाले मस्का मारी मारी गफ लगाउन थाल्यो एमाले र उनकै बारेमा प्रसंशा ओइराउन थाल्यो । भात पसले पनि के कम उसले पनि हाँ मा हाँ मिलायो । अर्कोले पनि गुलिया कुरा शुरु गर् यो पसलेले खाना अगाडी सारी दियो । उनले के एक गास मुखमा हालेका थिए पछाडीबाट एउटा जल्लादले फलामे छडले उनको टाको फुट्ने गरी बजायो । उनी त्यहीं ढले तर कथा यहीं रोकिएन । ति अपराधीहरुले उनका खुट्टा र हातहरु ध्ारिलो हतियारले छ्याक-छ्याक काटे । ऐया आथ्थो गर्ने मौका नै कहाँ रह्यो र ?! ति आतातायी जथ्थाले उनको छाती र पेट जहाँ तहीं छुरीले घोचे । तथानाम गाली गर्दै हाम्रो महान गौरवशाली पार्टीको विरोध गर्ने तैं हैनस् भन्न समेत चुकेनन् । क्षणभर मै उनको सम्पूर्ण शरीर क्षत विक्षत पारियो मेरो पार्टीको जस्तै रातो झण्डा बोक्ने र चीनका क्रान्ती नायक माओका नाममा आपुनो जथ्थालाई चिनाउन रुचाउने नेपालमा कि्रयाशिल एउटा अतिवादी समूहका जल्लादहरुको हातबाट उनले शहदात वरण गरे ।

यो कुनै काल्पनिक कथाको टुक्रा होइन् गत असार २५ गते ओखलढुङ्गाका एमाले नेता छविलाल कार्की माथि भएको बर्बर घटनाको सानो विवरण हो । आम नागरिकले पशुपन्छी माथि पनि गर्न आँट नगर्ने यो जघन्य अपराध हुने बेलामा खाना खाने समयमा मस्का मारी मारी गफमा अलमलाउनेहरु पनि अरु कोही नभएर माओवादी कै स्थानीय कार्यकर्ता थिए ।

उनी शोषक- सामन्त थिएनन् लामो समयदेखि नेपाली समाजको रपान्तरणको लागि कि्रयाशील सामान्य युवा थिए । ०४६ सालमा तानाशाही पाचायती व्यवस्था विरुद्धको जनआन्दोलनमा आपुनो जिल्लका संयुक्त वाममोर्चाका अध्यक्ष थिए । उनको उपस्थितीमा आपुनो अतिवादी राजनीति नफैलने ठहरमा माओवादी पुगेपछि ०५७ सालबाट विस्थापित एक वामपन्थी नेता थिए । उनी अर्थात छविलाल कार्की संविधानसभाको निर्वाचनमा एमालेका उम्मेदवार थिए र सगरमाथा अाचल कमिटीका तथा राष्ट्रिय परिषदका सदस्य समेत थिए।

जुन दिन कमरेड छवी मारिए, त्यही दिन एमालेका पुराना र नयाँ पुस्ता केही हामीहरु नगरकोटमा द्वन्द्व र रुपान्तरणका बारेमा बहस गर्दै थियौं । कमरेड प्रश्रित भन्दै हुनुहुन्थ्यो– द्वन्द्वकालभरी माओवादीहरुले १८ भन्दा बढी जघन्य अपराध गरेछन् । एउटा घटना यस्तो थियो–“उनीहरु आए र एउटा घरमुलीलाई कठालोमा समाते । उसलाई मार्नै पर्ने ‘न्याय’ सुनाए । त्यसपछि परिवारका सबै सदस्यको अघि उनलाई छ्याक–छ्याक काट्दै प्राण लिने निर्णय सुनाए । यसको प्रतिवाद गर्दै उनको श्रीमतीले रुँदै भनिन्– अपराधि हो, नमारी नै नछोड्ने भए सिधै गोली हान न किन यस्तो अपहत्ते गर्छौ । माओवादी “क्रान्तिकारी”हरुले जवाफ दिए– यस्तालाई मार्न कस्ले ४०० को गोली खर्च गर्छ?”

भावविव्हल श्रीमतीले २५० दिइन । उनीहरुले गोली ठोकी उनलाई मारे । परिवारका सदस्यलाई नै खाल्डो खन्न लगाई उनलाई पुरपार गरे र भने– ल अब भात पकाओ, हामी खाएर मात्र जान्छौं ।

म चाहन्छु- यस्तो कसैमाथि पनि, यहाँसम्म कोही चरम शत्रु छ भने त्यसमाथि पनि नघटोस् । एकचोटी आँखा चिम्म गरेर सोचौं त यस्तो घटना तपाई वा तपाईको निकटका कोही माथी घटेको भए के सोच्नु हुन्थ्यो ?!

अरु आम नागरिक सरह म पनि हिजो २६ गते खुला माचमा पुगें । पहिले त त्यो क्षत विक्षत पार्थिव शरीर हेर्ने म मा आँट नै पलाए न । जसो तसो उनको ढलेको शरिर छेउ पुगें । म भन्दा झण्डै ६ वर्ष कान्छा ती सहयोद्धाको शवमा फूल चढाएं । एक चोटी उनको पिडायुक्त शान्त अनुहार हेरें । त्यसपछि विलखवन्द परिरहेकी उनको जीवन संगीनीलको अनुहार अलि परबाट हेरें । भक्कानिएर
रोइरहेकी उनको छोरी नजिक गएं … …!!!

खै के हुन्छ मलाई अचेलभरी?! समवयका हरेक ढलेका योद्धाको अनुहार म आपुनै छाँयां दे्ख्छु । उहाँहरुका शोक विव्हल श्रीमती वा छोरी-छोराका मुहारमा आपुनै सन्तानको झझल्को पाउँछु!

हामी यतीखेर राष्ट्रिय सहमतीको कुरा गरिरहेका छौं । एनेकपा माओवादीलाई सत्ताको नेतृत्व सुम्पने कुरा पनि चलिरहेको छ । त्यसको् लािग सम्भवत मेरै काँध पनि तिनहिरुको सत्तारोहणको भर् याङ्ग बन्नु पर्नेछ । द्वन्द्वकालको त भो कुरा छोडौं- को को मरे; क-कस्ले कसरी मारे ! यो कथित हतियार विसाएको कालमा नृसंश तरीकाले मारिएका कमरेड छवीको शवलाई साक्षी राखी मैले चाँहि के गर्नु पर्ला ?

साउन २७, २०६६

This entry was posted on Sunday, July 11th, 2010 at 5:55 am and is filed under Political event  in my previous blogsite http://bishnurimal.wordpress.com

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.