June 23rd, 2015
म ठान्छु, यहाँहरु मध्ये धेरैले हाम्रो देश घुम्नुभएको छ । मलाई लाग्छ, यहाँहरुको मीठो सम्झनामा नेपालका हिमालय र पहाडहरु, युनेस्कोबाट संरक्षित पुराना सम्पदाहरु, र पर्यटकीय गाउँहरु हुनुपर्छ । दुर्भाग्यवस, मलाई यो सुनाउनु पर्दा पीडा भइरहेको छ– भुइचालोले गर्दा हाम्रा धेरै सम्पदाहरु माटोमा मिले, लाङटाङ जस्ता पर्यटकीय गाउँहरु नामेट भए । यो वर्ष आरोहण परित्याग गर्न बाध्य हजारौँ आरोहीहरुलाई सगरमाथाले विवस भएर टुलुटुलु हेर्नु परयो । यस्तो लाग्छ– अकस्मात आएको हिम पहिरोबाट आरोहीहरु मरिरहेको देख्दा सगरमाथा पनि हिक्का छोडिरहेछ !
म अहिले तपाईको सामु, हाम्रा पीडा बाढ्न उभिएको हुँ । नेपाली श्रमिकहरुको प्रतिनिधिको हैसियतमा, म यहाँ, अन्तर्राष्ट्रिय समुदायले हामीप्रति दर्शाएको हार्दिक ऐक्यबद्धता तथा अगाध सहयोगप्रति आभार प्रकट गर्न उभिएको हुँ ।
अध्यक्ष महोदय
प्रतिनिधि मित्रहरु
पर्यवेक्षक
अतिथिहरु, महिला तथा सज्जनहरु !
चार वर्ष पहिले, जुन ९ तारिखका दिन, मलाई अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०० औँ महासभालाई सम्बोधन गर्ने सुयोग जुरेको थियो । उच्च अपेक्षा, सपना र केही हदसम्म, हाम्रो मुलुकमा नेपाली श्रमजीवी वर्गको पक्षमा भरखरै थालिएको असल प्रयासको गर्विलो सन्देश सहित म अन्तर्राष्ट्रिय श्रम संगठनलाई बधाई ज्ञापन गर्दै थिएँ ।
आज, ठ्याक्कै चारवर्षपछि, यो सम्मानति सभामा, म तपाईहरुको सामु, असहनीय शोक र गहिरो पीडा भोगिरहेका नेपाली जनताको तर्फबाट बोझिलो मन लिएर उभिएको छु । ती नेपालीहरु जसले ज्यानमारा भूकम्पका कारण झण्डै ९ हजार आप्mना प्रियजनहरुलाई अनयासै गुमाए । त्यो विनासकारी भूकम्प, जसले पहिलो पटक वैशाख १२ गते र त्यसपछि पटक–पटक गरी अनेक चोटी मेरो देशलाई नराम्रो गरी हल्लायो † २२ हजार भन्दा बढी जनतालाई घायल पारेको त्यो विनासकारी भूकम्पले हाम्रो जीवन र सपनालाई भत्कायो । समग्र नेपालको सहर र बस्तीहरु तहस–नहस पारयो । युवा या वयस्क, बालबालिका हुन् कि जेष्ठ नागरिक, सबैमा अकल्पनीय गहिराइमा त्रास फैलायो । आजभोलि प्रायः नेपालीहरु, आफू उभिएको जमिन सँधै नाचिरहेको, हल्लिरहेको पो छ कि क्या हो भन्ने ठान्छन् । करयाक्क गर्ने सानो आवाजले नै उनीहरुको सातो लिने गरेको छ । आँखा लोलाएपछिको अस्वाभाविक सपनामा उनीहरु सामूहिक रुपमा जलिरहेको चिता, डरलाग्दो धाँजा फाटेको र गल्र्याम–गुर्लुम लडेका पहाडहरु तथा सोत्तर भएर ढलेका घरहरु मात्रै देख्छन् ।
म ठान्छु, यहाँहरु मध्ये धेरैले हाम्रो देश घुम्नुभएको छ । मलाई लाग्छ, यहाँहरुको मीठो सम्झनामा नेपालका हिमालय र पहाडहरु, युनेस्कोबाट संरक्षित पुराना सम्पदाहरु, र पर्यटकीय गाउँहरु हुनुपर्छ । दुर्भाग्यवस, मलाई यो सुनाउनु पर्दा पीडा भइरहेको छ– भुइचालोले गर्दा हाम्रा धेरै सम्पदाहरु माटोमा मिले, लाङटाङ जस्ता पर्यटकीय गाउँहरु नामेट भए । यो वर्ष आरोहण परित्याग गर्न बाध्य हजारौँ आरोहीहरुलाई सगरमाथाले विवस भएर टुलुटुलु हेर्नु प¥यो । यस्तो लाग्छ– अकस्मात आएको हिम पहिरोबाट आरोहीहरु मरिरहेको देख्दा सगरमाथा पनि हिक्का छोडिरहेछ !
म अहिले तपाईको सामु, अध्यक्ष महोदय, हाम्रा पीडा बाढ्न उभिएको हुँ । नेपाली श्रमिकहरुको प्रतिनिधिको हैसियतमा, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) तथा मेरो आफ्नै महासंघ– जिफन्टको तर्फबाट म यहाँ, अन्तर्राष्ट्रिय समुदायले हामीप्रति दर्शाएको हार्दिक ऐक्यबद्धता तथा अगाध सहयोगप्रति आभार प्रकट गर्न उभिएको हुँ ।
विनासकारी भूकम्पपछि हाम्रो देशमा अनेकन नकारात्मक असर देखिएको छ–
गवर्निङ बडीको अध्यक्ष तथा महानिर्देशकको प्रतिवेदनसँग आफूलाई जोड्दा, म महानिर्देशकज्यूको उद्घाटन मन्तव्यलाई स्मरण गर्न चाहन्छु, जहाँ उहाँले विश्व रोजगारी तथा समाजिक दृष्टिकोण (वल्र्ड ईम्ल्वाइमेन्ट एण्ड सोसल आउटलुक रिपोर्ट) नामक पछिल्लो प्रतिवेदनलाई संकेत गर्नुभएको छ । प्रतिवेदन भन्छ– सन् २०१४ मा विश्वको बेरोजगारी २०१ मिलियन (२० करोड १० लाख) पुगेको छ । यो अंक सन् २००८ मा आर्थिक संकट सुरु हुँदाको भन्दा ३० मिलियन (३ करोड) बढी हो ।
हाम्रो देशमा प्रत्येक वर्ष सरदर ४ लाख नयाँ अनुहार श्रमको संसारका प्रवेश गर्छन् र हामी मुस्किलले १ लाखलाई काम दिन्छौँ । बाँकी सबैलाई चुपचाप मलेसिया, कोरिया र खाडी मुलुकतिरको बाटो देखाइदिन्छौँ । यो ज्यानमारा भुइचालोले मेरो देशमा रोजगारीको उपलब्धतामा झनै गंभीर संकट सिर्जना गरिदिएको छ ।
आइएलओको हिसाबले भन्नुपर्दा, ज्यालाको सुनिश्चितता, कार्य समय, मातृत्व संरक्षण तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य मुख्य विषय हुन् । र मलाई विश्वास छ, आज पनि कतिपय श्रमिकहरु, श्रम संरक्षणका यी तत्वबाट वञ्चित छन् भन्नेमा हाम्रो आइएलओ पूर्णतः जानिफकार छ ।
महानिर्देशकज्यूले उल्लेख गर्नुभएको छ– “कामको भाबी प्रयास (फ्युचर अफ ओर्क इनिसियटिभ) ले सामना गर्नुपर्ने– कामका विषयहरु, समता, दिगोपन, मानवीय सुरक्षा, श्रम गतिशीलता, सामाजिक संवाद, परिभाषाको हिसाबले सबै नै हाम्रो समयको मुख्य नीतिगत मुद्दा हुन् !”
यसमा विमति नै जनाउनु पर्ने के छ र !
श्रमिकको हैसियतमा हामी महसुस गर्छौँ– हडतालको अधिकार नहुँदा, हामी सबै दास हौं ! तर यो विषयमा आइएलओको गवर्निङ बडीमा अस्वाभाविक ढंगले तन्काइएको बहसले हामीलाई वाक्क–दिक्क बनाएको छ । जोसुकैको जेसुकै दलिल भए पनि, हामी हाम्रो मौलिक अधिकार कसरी छोड्न सक्छौँ ?
म जान्न असाध्यै इच्छुक छु– आइएलओको शताब्दी सम्मेलन–२०१९ को लागि अपेक्षित उच्चआयोगले “काम र समाज, काम र उत्पादनको संगठन, सबैको लागि मर्यादित काम, तथा कामको व्यवस्थापन (गवरनान्स अफ वर्क)” सम्मिलित ‘कामको भाबी प्रयास प्रतिवेदन’ कसरी तयार पार्ला ?
फिनिक्स पंक्षी खरानीबाट उठेझैँ, हामी नेपालीमा पनि उच्च आकाङ्क्षा छ– “हामी उठ्छौँ, शंकै छैन !” यसका लागि हामी अहिले “५–आर” रणनीतिमा बहस गर्दैछौँ उद्धार–राहत– पुनस्र्थापना– पुनर्वास–र पुनर्निर्माण ! नेपालीमा एउटा भनाई छ– “सकिएको हैन, भत्किएको मात्रै हो ।”
त्यसैले हामी ट्रेड युनियनकर्मीहरुले थेम तय गरेका छौँ– पुनर्निर्माण मर्यादित कामको सिर्जनबाट !
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०४ औँ महासभाको भव्य सफलताको कामना सहित,
धन्यवाद !
विष्णु रिमाल
नेपालीश्रमिकप्रतिनिधि
संयुक्त राष्ट्रसंघ भवन, जेनेभा
स्विट्जरल्याण्ड
मितिः जुन ९, २०१५
पिडिएफ फाइल डाउनलोड गर्नुहोस् 09 06 2015_Address _Nep_ to 104th Session of ILC