May 5th, 2013
हामीले यो वर्षको मे दिवसको थेम तय गरेका छौं- परिवर्तन श्रमशक्तिको विकासबाट !
हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको – सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु हो । हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको–सबै श्रमिकलाई मर्यादित पारिश्रमिक र सुविधा उपलव्ध गराउनु हो; खाइपाइ आएको तलव सुविधामा बृध्दि गर्नु हो! हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको– राज्यका सबै जन निर्वाचित निकायमा कम्तिमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्नु हो । हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको–रोजगार केन्द्रीत विकास नीति लागु गर्नु हो ।
यी सबै कामको लागि लम्बिदो राजनीतिक संक्रमण कालको तुरुन्त अन्त्य हुनु जरुरी छ । र, यसको लागि नयाँ सम्बिधानसभाको निर्वाचनको मिति तुरुन्त घोषणा गर्नु पर्दछ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस् May day speech note 2013